‘सफा हिमाल अभियान २०२३’का लागि सेनाको टोली नाम्चेमा

हिमाल प्रेस २० चैत २०७९ २०:१४
8
SHARES
‘सफा हिमाल अभियान २०२३’का लागि सेनाको टोली नाम्चेमा

काठमाडौँ- ‘सफा हिमाल अभियान २०२३’का लागि नेपाली सेनाको टोली सोलुखुम्बुको नाम्चेमा पुगेको छ। सगरमाथा र ल्होत्से हिमाल सफाइका लागि सोमबार प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वमा १६ जनाको टोली नाम्चे पुगेको हो।

उक्त टोलीले सगरमाथा तथा ल्होत्से हिमालको सफाइको काम प्रभावकारी बनाउन स्थानीयसँग अन्तरक्रिया गर्नेछ। त्यसपछि एक हप्ताको पदयात्रा गरी सगरमाथा आधार शिविर पुग्ने योजना रहेको नेपाली सेनाले जानकारी दिएको छ।

यसअघि सह सेनानी भिमबहादुर भुजेलको नेतृत्वमा १० जनाको टोली अन्नपूर्ण आधार शिविर पुगेको छ। आधार शिविर जाने क्रममा उक्त टोलीलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले चैत १६ गते स्वागत गरेका थिए।

उनले महानगरपालिकाको लोगो अंकति झन्डा हस्तान्तरण गर्दै टोलीको स्वागत गरेका थिए। अन्नपूर्ण हिमाल सफाई अभियानमा पोखरा महानगरपालिकाको समेत सहकार्य छ।

त्यस्तै बरुञ्चे हिमाल सफाइका लागि नेपाली सेनाको टोली चैत २३ गते आधार शिविरतर्फ जाने योजना रहेको सेनाले जानकारी दिएको छ। यस वर्ष सफा हिमाल अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट करिब ३५ टन फोहोर संकलन गर्ने लक्ष्य लिइएको नेपाली सेनाले बताएको छ।

प्रकाशित: २० चैत २०७९ २०:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + two =