बारा– बारा २ मा हुन लागेको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले मनोनयन दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालय बारामा उनले सोमबार मनोनयन दर्ता गराएका हुन्।
उनको प्रस्तावकमा बलवीर चौधरी र समर्थकमा बन्दना सिंह रहेका छन्। मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सो क्षेत्रबाट जनता समाजवादी पार्टी, नेपाल (जसपा)का रामसहायप्रसाद यादव निर्वाचित थिए।
उनी उपराष्ट्रपति बनेपछि सो क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुने भएको हो। जहाँ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको साझा उम्मेदवारका रूपमा जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पूर्वडीआइजी रमेश खरेल मैदानमा छन्।
प्रकाशित: २० चैत २०७९ १६:५३
प्रतिक्रिया