कोशी प्रदेशमा एमाले‍ नेतृत्वको सरकारलाई जसपाले साथ दिन्छ : अशोक राई

हिमाल प्रेस १९ चैत २०७९ १५:३५
108
SHARES
कोशी प्रदेशमा एमाले‍ नेतृत्वको सरकारलाई जसपाले साथ दिन्छ : अशोक राई फाइल तस्बिर

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता तथा संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई आफ्नो पार्टीले दिएको समर्थन फिर्ता नहुने बताएका छन्। आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री राईले एमालेका नेता तथा मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको समर्थन फिर्ता नलिइने बताएका हुन्।

उनले प्रदेश सरकार संघीय सरकार मातहतको निकाय नभएको पनि बताए। ‘केन्द्र र प्रदेश अधिकार सम्पन्न संवैधानिक संस्था हुन्’ उनले भने।

मन्त्री राईले केन्द्रमा एक र प्रदेशमा फरक-फरक दलको गठबन्धन बन्न सक्ने संवैधानिक व्यवस्था नै रहेको पनि बताए। कोशी प्रदेशमा जसपाका एक सांसद छिन् निर्मला लिम्बू।उनी स्वास्थ्यमन्त्री पनि हुन्। उनी यहाँ संसदीय अंकगणितमा निर्णायक पनि छन्।

प्रकाशित: १९ चैत २०७९ १५:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast