राजनीतिक व्यवस्था र उपलब्धिमाथि हमला हुन दिँदैनौँ : गृहमन्त्री श्रेष्ठ

हिमाल प्रेस १९ चैत २०७९ १४:१९
20
SHARES
राजनीतिक व्यवस्था र उपलब्धिमाथि हमला हुन दिँदैनौँ : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको राजनीतिक उपलब्धिमाथि हमला हुन नदिने बताएका छन्। मिटरब्याजपीडितहरूबारे उठेको प्रश्नको जवाफ दिनेक्रममा संसद्‌‌ बैठकमा मन्त्री श्रेष्ठले शान्तिप्रक्रियाको केही काम पूरा गर्नै बाँकी रहेको भन्दै यस्तो बताएका हुन्।

‘कुनै पनि कोणबाट र तर्क दिएर यो उपलब्धि र राजनीतिक व्यवस्थालाई कमजोर पार्ने वा उपलब्धिमाथि धावा बोल्न नदिने कुरामा सरकार प्रतिबद्ध छ’, उनले भने, ‘हामीले शान्ति प्रक्रियाको बाँकी काम पनि पूरा गर्नुछ। त्यसका लागि हामी प्रतिबद्ध छौँ।’

उनले शान्तिप्रक्रियाअन्तर्गत पहिलो राजनीतिक कार्यभार संविधान बनाएको, दोस्रो प्राविधिक काम माओवादी लडाकुको समायोजन भएको र तेस्रो संक्रमणकालीन न्यायको काम पूरा गर्नु रहेको बताएर

”यो राजनीतिक परिवर्तन जनताको जनजीविकाको समस्या समाधान गर्न हो। हाम्रो ध्यान समृद्धि र विकासतिर छ’ उनले भने।

मिटरब्याजीहरूलाई सरकारले कारबाहीको दायरामा ल्याएरै छोड्ने उनको दाबी छ।

उपप्रधान तथा गृहनमन्त्री नारायणकाजी श्रेष्ठले सामन्तवादलाई मूलभूतरुपमा अन्त्य गरे पनि अझै केही अवशेष अझै बाँकी रहेको बताएका छन्।

‘त्यो अवशेषका रुपमा मिटरब्याजीको समस्या रहेको छ। हामी यसलाई निमिट्यान्न बनाउन लागेका छौँ’, उनले भने, ‘पहिले कार्यदल बनेको थियो। अहिले आयोग बनेको छ। सांसदहरूले लम्ब्याउने काम नहोस् भनेर सचेत गराउनु भएको छ। मिटरब्याजीको समस्या अब समाधान हुन्छ।’

प्रकाशित: १९ चैत २०७९ १४:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 3 =