प्रतिनिधिसभाको बैठक आज, प्रधानमन्त्रीले समावेशी आयोगको प्रतिवेदन पेस गर्ने

हिमाल प्रेस १९ चैत २०७९ ९:२३
6
SHARES
प्रतिनिधिसभाको बैठक आज, प्रधानमन्त्रीले समावेशी आयोगको प्रतिवेदन पेस गर्ने फाइल तस्बिर।

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दैछ। बैठक दिउँसो १ बजे सुरु हुनेछ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/०७९) पेस गर्ने, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

त्यस्तै उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिने, सभापति केसीले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रकाशित: १९ चैत २०७९ ९:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =