पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल शिक्षण अस्पताल भर्ना

हिमाल प्रेस १८ चैत २०७९ २२:१३
8
SHARES
पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल शिक्षण अस्पताल भर्ना राष्ट्रपति रामचन्द्र पौडेल।

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेललाई पेटमा समस्या आएपछि शनिबार अस्पताल भर्ना गरिएको छ। उनलाई साँझ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको राष्ट्रपतिका उपस्वकीय सचिव सुशील तिमल्सिनाले बताए।

उपचारमा संलग्न चिकित्सकका अनुसार पौडेललाई पेटमा समस्या छ। राष्ट्रपतिको उपचारमा संलग्न चिकित्सक टोलीका एक सदस्यले भने, ‘हाल राष्ट्रपति चिकित्सकको निगरानीमा हुनुहुन्छ। उपचार प्रक्रिया अघि बढेको छ।’

प्रकाशित: १८ चैत २०७९ २२:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + one =