प्रधानमन्त्रीसँग मिटरब्याजपीडितले पेस गरे छ बुँदे माग

हिमाल प्रेस १८ चैत २०७९ १०:४४
4
SHARES
प्रधानमन्त्रीसँग मिटरब्याजपीडितले पेस गरे छ बुँदे माग मिटरब्याजपीडित किसान संघर्ष समितिका प्रतिनिधिहरूसँग वार्ता गर्दै प्रधानमन्त्री प्रचण्ड।

काठमाडौँ- मिटरब्याज पीडितहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर आफूहरूको माग राखेका छन्।
शनिबार बिहान बालुवाटार पुगेर मिटरब्याज पीडितहरूले प्रधानमन्त्री प्रचण्डसमक्ष ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन्।

पीडितहरूले पटकपटक काठमाडौँ आउँदै सरकारी वार्ता टोलीसँग सहमति गरिएको भएपनि कार्यान्वयन नभएको बताए। यसपालि प्रधानमन्त्रीकै मुखबाट पीडितको समस्या समाधानको प्रतिबद्धता सुन्न चाहेको पीडितहरूले बताएका थिए।

उनीहरूले मिटरब्याजको शक्तिशाली आयोग गठन गर्नुपर्ने र उक्त आयोगलाई कार्यकारी अधिकार दिनुपर्ने माग राखेका छन्। आयोगलाई मिटरब्याज वा तमसुकको आधारमा अदालतमा चलेका चलाइएका मुद्दाहरू समेत फर्छ्यौट गर्ने अधिकार प्रदान गरिनुपर्ने पीडितको माग छ।

त्यस्तै मिटरब्याजलाई आर्थिक अपराधको रूपमा कानुनी दायराभित्र ल्याउनका लागि गरिने कानुन संशोधनको ड्राफ्ट वार्ता समितिमा पेस हुनुपर्ने माग राखेका छन्।

तमसुकका आधारमा चलाइएका मुद्दाहरू स्थगन गर्न, जारी पक्राउ पुर्जी स्थगन गर्न, जेल चलान गरिएका मुद्दाहरुमा समेृत सम्बन्धित निकायसँग समन्वय गरी पीडितलाई न्याय दिलाउन महान्यायाधिवक्ताको कार्यालयबाट कार्यान्वयनका लागि सहमति पत्र पेस गर्न प्रधानमन्त्रीसमक्ष माग राखेका छन्।

पीडितहरूलाई राज्यले क्षतिपूर्ति प्रदान गर्ने आधारहरु प्रस्तुत गर्नुपर्ने पनि उनीहरूको माग छ।

प्रकाशित: १८ चैत २०७९ १०:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast