एमालेले उपनिर्वाचनका उम्मेदवारबारे आज निर्णय गर्दै

हिमाल प्रेस १८ चैत २०७९ ७:२२
2
SHARE
एमालेले उपनिर्वाचनका उम्मेदवारबारे आज निर्णय गर्दै नेकपा एमालेको केन्द्रीय कार्यालय।

काठमाडौँ- नेकपा एमालेले आसन्न उपनिर्वाचनका लागि आज (शनिबार) उम्मेदवारको टुंगो लगाउने भएको छ। पार्टीको सचिवालय बैठक बसेर उम्मेदवार टुंगो लगाइने उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन्।

उनका अनुसार शुक्रबारसम्म जिल्लाबाट आकांक्षीहरूको नाम सिफारिस भएको र आज बैठक बसेर उपनिर्वाचन हुन लागेका तीनै क्षेत्रमा उम्मेदवार तय गरिने छ।

बारा क्षेत्र नम्बर–२, चितवन–२ र तनहुँ–१ मा आउँदो वैशाख १० गते उपनिर्वाचन हुँदैछ। त्यसका लागि यही चैत २० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ।

चितवन २ मा एमाले‍ले रामप्रसाद न्यौपाने उम्मेदवार बनाउने भएको छ। एमाले चितवन अध्यक्ष समेत रहेका न्यौपानेलाई उम्मेदवार बनाउने जिल्ला कमिटीको निर्णय छ।
यता तनहुँ १ मा भने सर्वेन्द्र खनाललगायतको आकांक्षा छ।

बारा २ मा भने एमालेले उम्मेदवारी दिने वा अरू कुनै दललाई समर्थन गर्ने छलफलकै विषय बनेको छ।

प्रकाशित: १८ चैत २०७९ ७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + eight =