३०औँ वर्षमा नर्भिक अस्पताल

हिमाल प्रेस ३० चैत २०७९ २०:४३ | Thursday, April 13, 2023
३०औँ वर्षमा नर्भिक अस्पताल

काठमाडौँ- नर्भिक हस्पिटल स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको छ। बिहीबार पत्रकार सम्मेलन गर्दै अस्पताल व्यवस्थापनले वार्षिकोत्सवको अवसरमा विभिन्न अफर रहेको पनि जानकारी गराएको हो।

नर्भिक अस्पताल देशकै एक उत्कृष्ट क्रिटिकल केयर अस्पतालको रुपमा स्थापित भएको दाबी गर्दै अस्पताल व्यवस्थापनले नयाँ अफरबारे समेत जानकारी गराएको हो। ‘क्याथेटराइजेसन ल्याब स्थापना गर्ने देशकै पहिलो निजी क्षेत्रको अस्पताल पनि हो,’ ३०औँ वर्ष प्रवेशको अवसरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘यहाँ स्तरीय इनभेसिभ र नन–इनभेसिभ कार्डियाक सुविधा उपलब्ध छन्।’

अस्पतालकाअनुसार वार्षिकोत्सवको अवसरमा सार्वजनिक अफरहरूमा अस्पतालका सबै स्वास्थ्य प्याकेजमा वैशाख १ गतेदेखि ८ गतेसम्म एक साताका लागि ३० प्रतिशत छुट हुनेछ।

त्यस्तै लेजर र हाइड्रा फेसियलमा ३० दिनका लागि ३० प्रतिशत छुट, आइभिएफ(फर्टिलिटी प्याकेज) ३० दिनका लागि ३० प्रतिशत छुट रहने अस्पतालले जानकारी दिएको छ। त्यस्तै म्यामोग्राफीमा ३० दिनका लागि ३० प्रतिशत छुट रहने अस्पतालको भनाइ छ।

प्रकाशित: ३० चैत २०७९ २०:४३ | Thursday, April 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast