हलिउड फिल्म ‘हेड्स अफ स्टेट’मा अनुबन्धित प्रियंका

हिमाल प्रेस २८ चैत २०७९ १७:३४ | Tuesday, April 11, 2023
हलिउड फिल्म ‘हेड्स अफ स्टेट’मा अनुबन्धित प्रियंका

काठमाडौँ- अभिनेत्री प्रियंका चोपडा नयाँ हलिउड फिल्म ‘हेड्स अफ स्टेट’मा देखिने भएकी छन्। त्यसका लागि उनले अमेजन स्टुडियोजसँग सम्झौता गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

फिल्ममा उनले हलिउड अभिनेता जोन सिना र इड्रिस एल्बासँग काम गर्ने छिन्। फिल्मको छायांकन मेबाट सुरु हुनेछ। प्रियंका एकपछि अर्को हलिउड फिल्ममा निकै व्यस्त छिन्। उनलाई अमेजन प्राइममा ओटीटीमा प्रदर्शनमा आउने वेब सिरिज ‘सिटाडेल’को प्रमोसनको चटारो छ। अहिले उनी भारत, मुम्बईमा त्यसकै प्रचारप्रचारमा लागिपरेकी छन्।

‘सिटाडेल’बाहेक प्रियंकाको हलिउड फिल्म ‘लभ अगेन’ पनि प्रदर्शनका तयारीमा रहेको छ। जसमा उनले सेम ह्युगन र सेलेन डियोनसँग काम गरेकी छन्। फिल्म मेमा प्रदर्शनमा आउनेछ। त्यस्तै ‘इन्डिङ थिङ्स’ र बलिउड अभिनेता फरहान अख्तरसँग फिल्म ‘जी ले जरा’मा उनी अनुबन्धित छिन्।

प्रकाशित: २८ चैत २०७९ १७:३४ | Tuesday, April 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast