स्वास्थ्य संस्थामा सिद्धार्थ बैंकका ग्राहकलाई १० प्रतिशत छुट

हिमाल प्रेस ३ वैशाख २०८० २०:५४ | Sunday, April 16, 2023
स्वास्थ्य संस्थामा सिद्धार्थ बैंकका ग्राहकलाई १० प्रतिशत छुट

काठमाडौँ- सिद्धार्थ बैंकका ग्राहकले नेपालगञ्जको श्री हेल्थ केयर अस्पताल तथा प्रसुती गृह प्रालिमा १० प्रतिशत छुट पाउने भएका छन्। त्यसका लागि बैंक र सो अस्पतालबीच सम्झौता गरिएको छ।

सम्झौतापत्रमा सिद्धार्थ बैंकका नेपालगञ्ज शाखा प्रमुख किरण राणा मगर र अस्पतालका प्रबन्ध निर्देशक डा. मञ्जु बि. सि. शाहले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार बैंकका ग्राहकले उक्त अस्पतालमा बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ तथा क्यूआरमार्फत भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन्।

उक्त व्यवस्थाले ग्राहकलाई सुविधा हुनुका साथै डिजिटल कारोबारमा मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।

प्रकाशित: ३ वैशाख २०८० २०:५४ | Sunday, April 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast