काठमाडौँ- नेपालको स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय बनाउन विश्व बैंकले १०० मिलियन अमेरिकी डलर (करिब १३ अर्ब २० करोड) रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोग गरेको छ।
विश्व बैंकको बोर्ड बैठकले स्वास्थ्य क्षेत्र सुधार गर्न, स्वास्थ्य बिमामा लगानी गर्न उक्त रकम खर्च गर्न सक्ने जनाएको छ। सहयोग रकम कोशी र गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रमा खर्च हुनेछ।
विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका निर्देशक परिस हदाद जिर्भोसले स्वास्थ्य क्षेत्रका नीति, योजना र सेवा प्रवाहमा समेत सहयोग रकम खर्च हुने जनाएका छन्।
उक्त सहयोग परियोजना स्वास्थ्य मन्त्रालयको मातहतमा स्वास्थ्य बिमा बोर्ड, प्रदेश तथा स्थानीय तहले कार्यान्वयन गर्नेछन्।
प्रकाशित: १७ वैशाख २०८० ११:३६ | Sunday, April 30, 2023
प्रतिक्रिया




