‘स्रष्टा चैत्र ३०’ सम्मान साहित्यकारद्वय अधिकारी र श्रेष्ठलाई

हिमाल प्रेस २८ चैत २०७९ १८:२६ | Tuesday, April 11, 2023
‘स्रष्टा चैत्र ३०’ सम्मान साहित्यकारद्वय अधिकारी र श्रेष्ठलाई

काठमाडौँ – लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्न स्थापित संस्था ‘स्रष्टा चैत्र ३०’ ले यस वर्षको सम्मान साहित्यकारद्वय श्यामल अधिकारी र तीर्थ श्रेष्ठलाई प्रदान गर्ने भएको छ। उनीहरूले सृजना र कर्मका माध्यमबाट लोकतान्त्रिक गणतन्त्रको स्थापना र परिवर्तनलाई संस्थागत गर्न निर्वाह गरेको रचनात्मकरुपमा भूमिको कदर गर्दै सम्मान गर्न लागिएको सो संस्थाका अध्यक्ष मनोज न्यौपानले जानकारी दिए।

अधिकारी राष्ट्रिय समाचार समिति (रासस) का पूर्वकार्यकारी अध्यक्ष हुन् भने श्रेष्ठ नेपाली लेखक स‌ंघका वर्तमान अध्यक्ष हुन्। स्रष्टा छनोटका लागि अध्यक्ष न्यौपानेको संयोजकत्वमा संस्थापक अध्यक्ष आरएम डङ्गोल र उपाध्यक्ष प्रकाश सिलवाल सम्मिलित सिफारिस समिति गठन गरिएकाे छ।

जनआन्दोलनका क्रममा विसं २०६२ चैत ३० गते गुरूकुल (आरोहण नाट्यघर) हुँदै सडकमा साहित्यिक कार्यक्रम गर्न कफ्र्यु तोडेर पुरानो वानेश्‍वर चोकमा कविता वाचन गराउँदा सुरक्षाकर्मीले दमन र गिरफ्तार गरेको दिनलाई स्रष्टाहरुले स्मरण गर्दै आएका छन्।

यसअघि सो सम्मानबाट आनन्ददेव भट्ट, वैरागी काइँला, डा. तुल्सीप्रसाद भट्टराई, निनु चापागाई, किरण मानन्धर, देशभक्त खनाल, डा. बेञ्जु शर्मा, मञ्जु काँचुली, पूर्णविराम, डा अमर गिरी, हरिगोविन्द लुईटेल, उत्तमकृष्ण मजगैँया, किसान प्रेमी, अशेष मल्ल, विमल निभा, राम विनय, विजय बजियम, सुलोचना मानन्धर, मातृका पोखरेल, वियोगी बुढाथोकी, डा. दुबसु क्षेत्री, पुरूषोत्तम दाहाल, पुरूषोत्तम सुवेदी, शार्दूल भट्टराई, कृष्ण धरावासी, वासुदेव अधिकारी र विवश पोखरेल सम्मानित भइसकेका छन्। सो सम्मान हरेक चैत ३० गते प्रदान गरिदैँ आएकाे छ।

प्रकाशित: २८ चैत २०७९ १८:२६ | Tuesday, April 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast