स्मार्ट टेलिकमलाई सेवा चुस्त बनाउन दूरसञ्चार प्राधिकरणको निर्देशन

हिमाल प्रेस २८ चैत २०७९ ११:०३ | Tuesday, April 11, 2023
स्मार्ट टेलिकमलाई सेवा चुस्त बनाउन दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले सेवालाई चुस्तदुरुस्तरूपमा सञ्चालन गर्न स्मार्ट टेलिकम प्रालिलाई निर्देशन दिएको छ।

स्मार्ट टेलिकमका सेवा देशका केही स्थानमा नचलेको विषयका सम्बन्धमा प्राधिकरणले सूचना जारी गरी उक्त निर्देशन दिएको हो। अत्यावश्यक सेवाका रूपमा रहेको दूरसञ्चार सेवाको अनुमति बहाल रहँदासम्म सेवाग्राहीले बिनाकुनै अवरोध सेवा उपभोग गर्न पाउने गरी सेवा चुस्तदुरुस्तरूपमा सञ्चालन गर्नुपर्ने प्राधिकरणले जनाएको छ।

सेवा अतिआवश्यकरूपमा वर्गीकरण गरिएकाले अनुमति बहाल रहँदासम्म नियमकानुनको पालना गर्दै निरन्तर सञ्चालन गर्नुपर्ने दायित्व रहने प्राधिकरणले जनाएको छ।

प्रकाशित: २८ चैत २०७९ ११:०३ | Tuesday, April 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast