‘सैनिक आचारसंहिता कार्यक्रम २०८०’ सुरु

हिमाल प्रेस ५ वैशाख २०८० १५:३१ | Tuesday, April 18, 2023
‘सैनिक आचारसंहिता कार्यक्रम २०८०’ सुरु

काठमाडौँ- नेपाली सेनाले ‘सैनिक आचारसंहिता कार्यक्रम २०८०’ सुरु गरेको छ। सेनामा कार्यरत सकलदर्जालाई आफू पदमा रहँदा तथा सेवानिवृत्त भइसकेपछि समेत गर्न हुने र नहुने गतिविधि एवं सैनिक आचारणबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम सुरु गरेको हो।

सैनिकलाई पदमा रहँदा वा अवकाशपछि पनि अनुशासित, नैतिकवान र जिम्मेवारीपूर्ण सिपाहीको पहिचान कायम राख्न सैनिक आचार संहिता संग्रह–२०७६ अनुसार जाकारी गराइरहेको नेपाली सेनाले जानकारी दिएको छ। कार्यक्रम मंगलबार र बुधबार गरी दुई दिन हुनेछ।

कार्यक्रमको उद्घाटन बलाध्यक्ष रथी सिताराम खड्काले गरे। सो क्रममा उनले सैनिक आचारसंहिता कार्यक्रमबाट नेपाली सेनाको सबै तहका कमान्डरलगायत तल्लो तहसम्म आचारसंहिताबारे ज्ञान अभिवृद्धि हुने बताए।

प्रकाशित: ५ वैशाख २०८० १५:३१ | Tuesday, April 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast