सेनामा खुल्यो ४ हजार ५ सय ५ जनालाई जागिर

हिमाल प्रेस ८ वैशाख २०८० ७:२३ | Friday, April 21, 2023
सेनामा खुल्यो ४ हजार ५ सय ५ जनालाई जागिर

काठमाडौँ- नेपाली सेनाले सैन्य पदका लागि चार हजार पाँच सय जनाको आवेदन माग गरेको छ। बिहीबार सूचना प्रकाशन गर्दै सेनाले देशभरका विभिन्न क्षेत्रबाट भर्ना गर्ने गरी  विज्ञापन खुलाएको हो।

माग गरिएकोमध्ये सैन्य परिवार २२५, खुला दुई हजार ३५१, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेशी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० जना रहेका छन्। यीमध्ये सबैभन्दा धेरै सुर्खेत, कास्कीमा ३५०-३५० र उदयपुरमा ३०० जना सैन्य माग गरेको छ।

इच्छुकले अनलाइनमार्फत फाराम भर्न सक्ने व्यवस्था गरेको भर्ना छनोट निर्देशनालय, कार्य रथी विभाग जंगी अड्डाले जनाएको छ। फाराम भर्ने अन्तिम मिति जेठ १४ गतेसम्म छ। १८ वर्ष पूरा भई २२ वर्ष ननाघेकाले मात्र फाराम भर्न पाउने नेपाली सेनाले सूचनामार्फत जनाएको छ।

प्रकाशित: ८ वैशाख २०८० ७:२३ | Friday, April 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast