सूचना प्रविधि शिक्षामा आकर्षण बढाउन सञ्चारमन्त्रीको सुझाव

हिमाल प्रेस ३ वैशाख २०८० १९:३८ | Sunday, April 16, 2023
सूचना प्रविधि शिक्षामा आकर्षण बढाउन सञ्चारमन्त्रीको सुझाव

काठमाडौँ- सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिका क्षेत्रमा बजारको मागअनुरुप जनशक्ति उत्पादन गर्न  विद्यार्थीको आकर्षण बढाउनुपर्नेमा जोड दिएकी छन्। मन्त्रालयमा आयोजना गरिएको शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का अधिकारीसँगको छलफलमा मन्त्री शर्माले प्राविधिक शिक्षाको पाठ्यक्रम समयानुकूल परिमार्जमा गर्दै यसतर्फ विद्यार्थीको आकर्षण बढाउन सुझाव दिएकी हुन्।

मन्त्री शर्माले सूचना प्रविधिको क्षेत्र दिनदिनै फेरिने भएकाले यो क्षेत्रसँग सम्बन्धित जनशक्ति उत्पादनमा पनि नयाँ नयाँ पाठ्यक्रम आवश्यक रहेको बताइन्।

‘सूचना प्रविधि अब सामान्य सीपमा आधारित विषय रहेन’, उनले भनिन्, ‘जसरी चिकित्सा शिक्षामा फरकफरक विषयमा विशेषज्ञ उत्पादन गरिन्छ, त्यसरी नै सूचना प्रविधिमा पनि फरकफरक विषयका विशेषज्ञ उत्पादन गर्न आवश्यक छ। यसप्रति विद्यार्थीको आकर्षण पनि बढाउनुपर्छ।’

नेपालमा सूचना प्रविधिका दक्ष जनशक्ति उत्पादनमा जोड दिने र अर्धदक्ष जनशक्तिलाई रोजगारीसँग जोड्ने सवालमा केकस्ता कार्यक्रम तयार गर्न सकिन्छ, त्यसमा ध्यान दिन पनि शिक्षा मन्त्रालय र सिटिईभिटीका अधिकारीलाई आग्रह गरेकी छिन्।

यो शिक्षा मन्त्रालयको काम भए पनि सूचना प्रविधिका जनशक्ति उत्पादनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पनि चासो भएको र विद्यार्थीको आकर्षण नभएको भन्ने विषय सञ्चारमाध्यममा आएकाले पनि यस विषयमा मन्त्रालयका तर्फबाट आवश्यक सहयोग गर्ने उनको भनाइ थियो।

सीटीईभीटीका अधिकारीले प्रिडिप्लोमा र डिप्लोमाअन्तर्गत कम्प्युटर इन्जिनियरिङ र सूचना प्रविधिमा पठनपाठन भइरहे  पनि विद्यार्थीको अपेक्षाकृत आकर्षण नदेखिएको बताएका थिए। यस वर्ष प्रिबोर्डतर्फ कम्प्युटर इन्जिनियरिङमा १ हजार ९६० कोटा रहेकोमा ९१६ र सूचना प्रविधितर्फ २५० कोटा रहेकोमा २५० जना विद्यार्थी अध्ययनरत छन्। तर  डिप्लोमातर्फ भने कोटाभन्दा आधा संख्यामा मात्रै विद्यार्थीले अध्ययन गरिरहेका छन्। डिप्लोमातर्फ कम्प्युटर इन्जिनियरिङमा २ हजार ५६ कोटा रहेकोमा ९३२ र सूचना प्रविधितर्फ १ हजार २०० कोटा रहेकोमा ६०५ जना अध्ययनरत छन्।

हचुवामा सम्बन्धन : सूचना प्रविधिमा कोटाभन्दा कम विद्यार्थी

प्रकाशित: ३ वैशाख २०८० १९:३८ | Sunday, April 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast