सुनसरीमा लघुवित्तपीडित र प्रहरीबीच झडप

हिमाल प्रेस ३ वैशाख २०८० १९:४७ | Sunday, April 16, 2023
सुनसरीमा लघुवित्तपीडित र प्रहरीबीच झडप

इटहरी– सुनसरी सदरमुकाम इनरुवामा लघुवित्त पीडित र प्रहरीबीच झडप भएको छ। आइतबार (आज) लघुवित्तको ज्यादती विरुद्व प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा तीनजना घाइते भएका छन्।

पूर्व-पश्चिम राजमार्गस्थित इनरुवाको बस चोकमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले राजमार्गमै सुतेर यातायत ठप्प पार्न खोजेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) प्रभु ढकालले जानकारी दिए।

प्रदर्शनकारीलाई हटाउने क्रममा प्रहरीमाथि ढुंगामुढा प्रहार भएपछि झडप भएको बताइएको छ। झडपमा परी दुईजना प्रहरी र एक प्रदर्शनकारी महिला घाइते भएकी छन्। सामान्य घाइते भएका तीनै जनाको जिल्ला अस्पताल इनरुवामा उपचारपश्चात डिस्चार्ज भएका छन्। झण्डै २ सय ५० जना प्रदर्शनकारीले विरोध जनाएका थिए।

प्रकाशित: ३ वैशाख २०८० १९:४७ | Sunday, April 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast