सुदूरपश्‍चिममा थप १९ जनामा कोभिड संक्रमण

हिमाल प्रेस १ वैशाख २०८० २०:४७ | Friday, April 14, 2023
सुदूरपश्‍चिममा थप १९ जनामा कोभिड संक्रमण

धनगढी– सुदूरपश्चिम प्रदेशमा थप १९ जनामा कोभिड संक्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा तीन सय ८३ जनाको परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सीमानाकामै गरिएको एन्टीजेन परीक्षणमा उनीहरूमा संक्रमण देखिएको निर्देशनालयका कोभिड-१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। यसअघि बिहीबार यस प्रदेशमा ३६ जनामा संक्रमण पुष्टि भएको थियो।

केही महिना संक्रमण शून्य रहेको यस प्रदेशमा पछिल्लो समय कोभिड संक्रमितको संख्या बढ्दै गएको छ। गत महिनामात्रै यहाँ २ सय ८८ जनामा संक्रमण पुष्टि भएको थियो।

भारतमा कोभिड संक्रमण बढ्दै गएपछि त्यसको असर सुदूरपश्चिममा पनि देखिएको छ। यहाँका भारतसँग सीमा जोडिएका जिल्लाका सबै नाकामा हेल्थ डेस्क स्थापना गरेर र स्वदेश भित्रिने सबैको नाकामा कोभिड परीक्षणपछिमात्रै भित्रिन दिइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश भट्टले जानकारी दिए।

सुदूरपश्चिममा हालसम्म छ लाख ५४ हजार चार सय ७१ जनाको कोभिड परीक्षण गरिएकोमा ६२ हजार एक सय ८७ जनामा संक्रमण देखिएको छ। संक्रमणका कारण हालसम्म छ सय ३५ जनाको ज्यान गइसकेको छ।

प्रकाशित: १ वैशाख २०८० २०:४७ | Friday, April 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast