सुदूरपश्चिममा औलोका बिरामी उच्च

हिमाल प्रेस १२ वैशाख २०८० २१:१४ | Tuesday, April 25, 2023
सुदूरपश्चिममा औलोका बिरामी उच्च

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको संख्या उच्च रहेको पाइएको छ। सात वटै प्रदेशमध्ये सबैभन्दा बढी औलोको बिरामीको संख्या सुदूरपश्चिममा रहेको पाइएको हो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अनुसार सुदूरपश्चिममा औलोका बिरामीको संख्या १ सय ८१ जना रहेको छ। त्यसपछि लुम्बिनी प्रदेशमा १ सय ५८ जना औलोको बिरामी छन्।

त्यस्तै कर्णालीमा ४८, मधेसमा ४४, बागमतीमा ४२, गण्डकीमा १२ र कोशीमा ५ जना औलोका बिरामी छन्। देशभरमै औलोका बिरामीको संख्या चार सय ९१ छ। देशभर औलोको जोखिममा रहेको जनसंख्या १ करोड १ लाख ४० हजार रहेको छ।

नेपाल औलो रणनीतिक योजनाअन्तर्गत सन् २०२५ सम्म देशलाई औलो उन्मूलन गर्ने उद्देश्य रहे पनि सुुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको संख्या बढ्नुको कारण खुला सीमा रहेको पनि जानकारहरू बताउँछन्।

भारतमा काम गर्न जानहरूबाटै औलोको संक्रमण पनि हुने गरेको अनुमान गरिएको छ। आव २०७९/०८० मा सुदूरपश्चिम प्रदेशमा आयातित बिरामीको संख्या १ सय ६५ रहेको छ भने स्थानीय बिरामीको संख्या १६ मात्रै छ।

जोखिमयुक्त मानिने प्लाज्मोडिएम फाल्सिरम बिरामीको संख्या प्रदेशमा २० रहेको छ। रासस

प्रकाशित: १२ वैशाख २०८० २१:१४ | Tuesday, April 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast