सुडान युद्ध : शान्ति सेनामा रहेका नेपालीको अवस्था के छ?

हिमाल प्रेस ६ वैशाख २०८० २१:०९ | Wednesday, April 19, 2023
सुडान युद्ध : शान्ति सेनामा रहेका नेपालीको अवस्था के छ? फाइल तस्बिर।

काठमाडौँ- अफ्रिकी मुलुक सुडानमा शान्ति कार्यका लागि खटिएका नेपाली सुरक्षाकर्मी सुरक्षित रहेका छन्। त्यहाँ नेपाली सेनाका दुई, नेपाल प्रहरीका तीन र सशस्त्र प्रहरी बलका एक जना स्टाफ कार्यरत रहेकामा सबै जना सुरक्षित रहेको नेपाली सेनाले जानकारी दिएको छ। सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले सुडानमा हिंसात्मक घटना भए पनि त्यहाँ रहेका नेपाली सुरक्षित रहेको बताए।

सुडानमा गत शनिबारदेखि त्यहाँको सेना र अर्धसैनिक बल र्‍यापिड सर्पोट फोर्स (आरएसएफ)बीच गोली हानाहान भएको छ। हालसम्म करिब २ सय जनाको मृत्यु भएको र २ हजार जनाभन्दा बढी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। सुडानका राजधानीका कतिपय क्षेत्र आफूले कब्जामा लिएको आरएसएफले दाबी गर्दै आएको छ।

भारत र अमेरिकाले आफ्ना नागरिकलाई सुरक्षित बस्न आग्रह गर्दै घरबाहिर ननिस्कन भनेको छ। त्यस्तै जापानले आफ्ना नागरिकको उद्धार गर्ने घोषणा गरेको छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले त्यहाँको द्वन्द्व समाधानका लागि दुवै प्रतिद्वन्द्वी नेतालाई टेलिफोन गरी युद्धविरामका लागि अपिल गरेका छन्। राससको सहयोगमा

प्रकाशित: ६ वैशाख २०८० २१:०९ | Wednesday, April 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast