सुडानमा आरएसएफद्वारा राष्ट्रपति भवन, सेना प्रमुखको निवास र अन्तर्राष्ट्रिय विमानस्थल नियन्त्रणमा लिएको दाबी

हिमाल प्रेस २ वैशाख २०८० १९:०६ | Saturday, April 15, 2023
सुडानमा आरएसएफद्वारा राष्ट्रपति भवन, सेना प्रमुखको निवास र अन्तर्राष्ट्रिय विमानस्थल नियन्त्रणमा लिएको दाबी फाइल तस्बिर।

काठमाडौँ– आर्थिक समस्या र जनजाति हिंसा झेलिरहेको सुडानमा अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) र सेनाबीचको टकरावले ठूलै द्वन्द्व निम्त्याउने विश्लेषण अन्तराष्ट्रिय सञ्चार माध्यमहरूको छ। सुडानको आरएसएफले सेनासँगको झडप बढ्दै गएको भन्दै राष्ट्रपति भवन, सेना प्रमुखको निवास र खार्तुम अन्तर्राष्ट्रिय विमानस्थल आफ्नो नियन्त्रणमा लिएपछि यो यस्तो विश्लेषण आउन थालेको हो।

उनीहरूले आफ्नो नियन्त्रणमा लिएको दाबी शनिबार गरेका हुन्। आरएसएफले एक विज्ञप्तिमार्फत उसले उत्तरी सहर मेरोवे र पश्चिममा अवस्थित एल-ओबेदका विमानस्थलहरू पनि कब्जामा लिएको बताएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारले शनिबार खार्तुमका धेरै भागहरूमा बन्दुक पड्केको आवाज सुनिएको रिपोर्टसमेत गरेका छन्। उनीहरूले छेउछाउका सहरहरूमा गोलीबारी भएकोसमेत रिपोर्ट गरेका थिए।

रोयटर्सका एक पत्रकारले सडकमा तैनाथ तोप र सशस्त्र गाडीहरू देखे र सेना र आरएसएफ दुवैको मुख्यालय नजिकै भारी हतियार लगेको र त्यहाँपछि गोलीको आवाज सुनेको बताएका छन्।

आरएसएफले देशका धेरै भागहरूमा भारी गोलीबारी गरेको र आफ्ना अधिकारीहरूलाई धेरै स्थानहरूमा आक्रमणको प्रयास गरेको जानकारी दिएको छ। त्यससँगै सेना पनि उनीहरूलाई निस्कृय पार्न सक्रिय बनेको जानकारी बाहिर आएपछि त्यहाँ द्वन्द्वको त्रास फैलिएको हो।

आरएसएफले भने आफ्ना अधिकारीहरूलाई सेनाले आक्रमण गरेको दाबी गरेको छ। शान्ति सेनासमेत रहेको उक्त मुलुकमा द्वन्द्व नभड्काउन पनि प्रयत्न भइरहेको छ।

प्रकाशित: २ वैशाख २०८० १९:०६ | Saturday, April 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast