सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि सरकारले सहयोग गर्छ : मन्त्री रिजाल

हिमाल प्रेस ८ वैशाख २०८० ७:१२ | Friday, April 21, 2023
सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि सरकारले सहयोग गर्छ : मन्त्री रिजाल

वीरगन्ज- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि सरकारले सहयोग गर्ने बताएका छन्।

वीरगन्ज महानगरपालिकाद्वारा बिहीबार आयोजित स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री रिजालले सिर्सियाको प्रदूषण नियन्त्रणका लागि महानगरले गरिरहेको प्रयास सराहनीय रहेको र त्यसमा मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उद्योगग्राम निर्माणका लागि पहल भइरहेको उनको भनाइ थियो।

वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंहले सिर्सियामा उद्योगबाट भइरहेको प्रदूषण नियन्त्रणका लागि आफूले प्राथमिकताका साथ काम गरिरहेको र त्यसमा मन्त्रालयको सहयोग आवश्यक भएको जिकिर गरे।

बजेट अभावले नागरिकमुखी योजना कार्यान्वयन गर्न कठिन भएको उल्लेख गर्दै उनले यसका लागि आवश्यक सहयोग र समन्वय गरिदिन उनले मन्त्री रिजालसमक्ष आग्रह गरे।

प्रकाशित: ८ वैशाख २०८० ७:१२ | Friday, April 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast