सिन्धुपाल्चोकको १९९ हेक्टर वन क्षेत्रमा डढेलो

हिमाल प्रेस ११ वैशाख २०८० ११:१६ | Monday, April 24, 2023
सिन्धुपाल्चोकको १९९ हेक्टर वन क्षेत्रमा डढेलो फाइल तस्बिर।

सिन्धुपाल्चोक-  सिन्धुपाल्चोकका १९९ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ। जिल्ला वन कार्यालयका अनुसार चौतारा साँगा चोकगढी नगरपालिकाको विभिन्न सामुदायिक वनमा डढेलो लागेको हो।

चौतारा साँगा चोकगढी नगरपालिका र सुनकोसी गाउँपालिकाका जंगल डढेलोले नष्ट भएको डिभिजन वन कार्यालयबाट परिचालित हरित स्वयंसेवक समूहका संयोजक शारदाप्रसाद चालिसेले जानकारी दिए। उनका अनुसार मेलम्चीमा रहेको टारापाखा सामुदायिक वनको २६ हेक्टर जंगल पनि डढेलोले सखाप भएको छ।

जिल्ला वन कार्यालयका सहायक वन अधिकृत कृष्णबहादुर थापाका अनुसार गर्मी मौसमसँगै डढेलो लाग्ने क्रम जारी रहेकाले यकिन तथ्यांक प्राप्त हुन सकेको छैन। यसबाट महत्त्वपूर्ण जडीबुटी, वन्यजन्तु र करोडौँका रुख बिरुवा नोक्सान भएका छन्। बर्सेनि वन डढेलो कसले लगाउँछ भन्ने तथ्य भने नखुलेको उनले बताए। -रासस

प्रकाशित: ११ वैशाख २०८० ११:१६ | Monday, April 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast