सिंहदरबारको फोहोर नउठेको विषयमा बालेनसँग प्रधानमन्त्रीले छलफल गर्नुपर्‍यो : गगन थापा

हिमाल प्रेस २७ चैत २०७९ १३:३१ | Monday, April 10, 2023
सिंहदरबारको फोहोर नउठेको विषयमा बालेनसँग प्रधानमन्त्रीले छलफल गर्नुपर्‍यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका सांसद तथा महामन्त्री गगनकुमार थापाले काठमाडौँ महानगर र सिंहदरबारबीचको टकराव टुंग्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।

थापाले प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले प्रयोग गरेको भाषा, शैलीको विषयमा बहस हुन सक्ला तर फोहोर व्यवस्थापनमा तत्काल ध्यान दिनुपर्ने बताएका हुन्।

‘सिंहदरबार र बागदरबारबीच टकराव बढेको छ। फोहोर उठेको छैन। म प्रधानमन्त्रीलाई आग्रह गर्छु। महामनगरसँग सल्टाउनपर्ने काम गरियोस्,’ उनले भने, आजै छलफल सुरु गरियोस्। यसमा काठमाडौँका जनप्रतिनिधिलाई पनि संलग्न गराइयोस्।’

संघ सरकारले आवश्यक समन्वय नगरिदिँदा स्थानीय सरकारसँग समन्वय हुन नसकेको पनि उनको भनाइ छ। ‘काठमाडौँको मात्रै होइन कतिपय गाउँपालिका नगरपालिकाको प्रमुखहरू अहिले सिंहदरबारमा हुनुहुन्छ,’ उनले भने, ‘कर्मचारी सरुवा रोक्कालगायत अन्य कामले यहाँ हुनुहुन्छ। संघ, प्रदेश र स्थानीय सरकारको समन्वय हुनुपर्छ। तीन तहको सरकारको बीचको समन्वयको मुख्य भूमिका संघको हो।’

प्रकाशित: २७ चैत २०७९ १३:३१ | Monday, April 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast