सानेपामा ‘ग्रो बाई डाटा’को नयाँ कार्यालय

हिमाल प्रेस १२ वैशाख २०८० २०:२३ | Tuesday, April 25, 2023
सानेपामा ‘ग्रो बाई डाटा’को नयाँ कार्यालय

काठमाडौँ– ललितपुरको सानेपामा ‘ग्रो बाई डाटा’को नयाँ कार्यालय खोलिएको छ। नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले सोमबार कार्यालयको उद्घाटन गरेका हुन्। अमेरिकाको बोस्टनमा रहेको ग्रो बाई डाटाले ब्लू चिपको मार्केटिङसम्बन्धी काम गर्दै आएको छ।

कम्पनीका प्रबन्धक प्रशन्न ढुंगेलले नेपालमा प्रविधिको विकास र विस्तार भइरहेको भन्दै यहाँ कम्पनीलाई नयाँ सोच र विचारसहित अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। ‘हामी प्रविधिको दुँनियामा नेपालका हरेक कम्पनीलाई विश्वस्तरीय बनाउने सेवा र सोच दिनेछौँ,’ उनले भने।

ग्रो बाई डाटामा अहिले बोस्टन र काठमाडौँमा गरेर एक सय कर्मचारी छन्। सन् २०१४ मा पाँच कर्मचारीबाट सुरु भएको कम्पनीले अहिले विश्वभरका एक सय कम्पनी र आधा दर्जन एजेन्सीलाई सेवा दिइरहेको छ।

प्रकाशित: १२ वैशाख २०८० २०:२३ | Tuesday, April 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast