सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने सरकारको निर्णय

हिमाल प्रेस १२ वैशाख २०८० १९:१० | Tuesday, April 25, 2023
सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने सरकारको निर्णय

काठमाडौँ- सरकारले सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने निर्णय गरेको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने निर्णय गरेको हो।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मन्त्रिपरिषद्को मंगलबारको बैठकले उक्त निर्णय गरेको जानकारी दिए।

त्यस्तै काठमाडौँदेखि तराई जोड्ने फास्ट ट्रयाक सडकका क्षेत्रको जग्गा प्राप्तिको विषयमा पनि सरकारले निर्णय गरेको उनले बताए। ‘काठमाडौँ–तराई/मधेस फास्ट ट्रयाकको सम्बन्धमा जग्गा प्राप्तिको विषयमा छलफल भयो।

केही दिनअघि हामीले उच्चस्तरीय समिति पनि यसका लागि निर्माण गरेका थियौँ,’ उनले भने, ‘त्यो समितिले काम अघि बढाएको छ। छिटै जग्गा प्राप्तिको कामलाई अघि बढाउने, टुंग्याउने भन्ने निर्णय भएको छ।’

प्रकाशित: १२ वैशाख २०८० १९:१० | Tuesday, April 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast