सरकारप्रति बालेनको आक्रोश : काठमाडौँको हितमा काम नगर्ने भए सिंहदरबार र राजधानी अन्तै लैजानू

हिमाल प्रेस ३० चैत २०७९ १३:२७ | Thursday, April 13, 2023
सरकारप्रति बालेनको आक्रोश : काठमाडौँको हितमा काम नगर्ने भए सिंहदरबार र राजधानी अन्तै लैजानू

काठमाडौँ- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले संघ सरकारले महानगरलाई सहयोग नगरेको भन्दै सिंहदरबार र देशको राजधानी नै अन्यत्रै सार्न भनेका छन्। काठमाडौँको समस्या समाधानका लागि संघ सरकारले सहयोग नगरेको विषयमा बालेन संघ सरकारविरुद्ध बोल्दै आइरहेका छन्।

आफूलाई सहयोग नगरेको भन्दै बालेनले सिंहदरबार, बालुवाटार, शीतल निवासको फोहोर नउठाउन निर्देशन दिएका छन्। फोहोर नउठेपछि त्यस क्षेत्रमा दुर्गन्ध फैलिन थालेको छ।

यसअघि १४ वटा कारण देखाउँदै संघीय सरकार अन्तर्गतका सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर एक सातादेखि उठाइरहेका छैनन्।

यस्तोमा बुधबार उनले आफ्ना १४ वटा माग पूरा नगरेसम्म यी तीनै ठाउँको फोहोर नउठाउने घोषणा गरेका थिए।

आज बालेनले बालेनले संघीय सरकारविरुद्ध झन् कडा टिप्पणी गरे। उनले राजधानी काठमाडौं नै अर्कै पालिकामा सारेर लैजान चुनौती दिएका छन्। मंगलबार बसेको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले बालेनको व्यवहार अराजक र उग्र भन्दै सेचत गराउने निर्णय गरेको थियो।

त्यसपछि पनि बालेनले फोहोर नउठाउने अडानबाट पछि नहट्ने जनाउ बुधबार नै दिइसकेका थिए। उनले आफूहरूसँग मिलेर काम नगर्ने भ‌ए राजधानी नै अन्त सार्न भनेका हुन्।

‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस’, उनले संघीय सरकारलाई चुनौती दिँदै भनेका छन्, ‘हामी काठमाडौंबासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राज्धानी सार्नुस्। हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला र सभ्यता चाहिन्छ। राजनिती होइन।’

प्रकाशित: ३० चैत २०७९ १३:२७ | Thursday, April 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast