समयमै पाठ्यपुस्तक पुग्नु सकारात्क कुरा हो : देवेन्द्र पौडेल

हिमाल प्रेस ३ वैशाख २०८० १५:३३ | Sunday, April 16, 2023
समयमै पाठ्यपुस्तक पुग्नु सकारात्क कुरा हो : देवेन्द्र पौडेल

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वशिक्षा मन्त्री देवेन्द्र पौडेलले यसवर्ष समयमा नै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्नु सकारात्मक भएको बताएका छन्। आइतबार काठमाडौँमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू शिक्षा मन्त्री हुँदा छपाइ गर्ने मेसिन, कागजलगायतका समाग्री समयमा नै व्यवस्थापन गर्नका लागि ध्यान केन्द्रित गरेकाले अहिले समयमा नै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्न सफल भएको र त्यो सकारात्मक भएको बताएका हुन्।

उनले तत्कालीन अवस्थामा चारवटा नयाँ मेसिन किनेको र प्रशासनिक सुधारका साथै ढुवानीको समस्या समाधान गरिएको दाबी गरे। १० वर्षमा नेपालको शिक्षालाई गुणात्मक सुधारका लागि चालिएका कदमलाई अघि बढाउन सके नेपालको शिक्षा विश्वस्तरकै हुने उनको दाबी छ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबारदेखि नै देशभरका २७ हजार ८१२ सामुदायिक विद्यालयमा ‘समयमै भर्ना, समयमै ज्ञान; गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ वैशाख १५ गतेसम्मलाई विद्यार्थी भर्ना अभियान सञ्चालन गरिरहेको छ।

प्रकाशित: ३ वैशाख २०८० १५:३३ | Sunday, April 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast