सन्दीपविरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज

हिमाल प्रेस ११ वैशाख २०८० ७:४४ | Monday, April 24, 2023
सन्दीपविरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा फैसलाका लागि आज अन्तिम सुनुवाइ गरिँदैछ।
सन्दीपविरुद्ध जिल्ला अदालत (काठमाडौँ)मा दर्ता मुद्दाको अन्तिम सुनुवाइ गर्न आज (सोमबार)का लागि पेसी तोकिएको हो।

यसअघि गत बुधबार किशोरीको मेडिकल गर्ने चिकित्सक र एक क्रिकेटरको बकपत्र गराइसकिएको छ। यससँगै मुद्दा फैसलाका लागि आज अन्तिम सुनुवाइ गरिने भएको हो।

यसअघि नै अन्तिम सुनुवाइका लागि पेसी तोकिएको भए पनि मेडिकल गर्ने टिमका अर्कै डाक्टरको बकपत्रलाई किशोरी पक्षले नमानेर अर्कै मुख्य डाक्टरको बकपत्र गराउन निवेदन दिएका थिए। यस्तै क्रिकेटर साहब आलमको पनि बकपत्र गराइएको हो।

उनीहरू दुवै जनाको बकपत्र बुधबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा गराइएको हो।

यसअघि चैत २६ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरराज बरालको इजलासले किशोरीको मेडिकल गर्ने डाक्टर र क्रिकेटर साहब आलमको बकपत्र गराउन आदेश दिएको थियो।

एक किशोरीले सन्दीपविरुद्ध बलात्कार अभियोगमा गत भदौ २१ गते गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्। असोज २० गते स्वदेश फर्किएपछि सन्दीपलाई थुनामा राखेर प्रहरीले मुद्दाको अनुसन्धान गरेको थियो।

प्रकाशित: ११ वैशाख २०८० ७:४४ | Monday, April 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast