सडक विस्तार गर्दा घाँसीकुवाको उचित व्यवस्थापन होस् : सांसद स्वर्णिम वाग्ले

हिमाल प्रेस १५ वैशाख २०८० १५:३५ | Friday, April 28, 2023
सडक विस्तार गर्दा घाँसीकुवाको उचित व्यवस्थापन होस् : सांसद स्वर्णिम वाग्ले

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सडक विस्तारको क्रममा ऐतिहासिक र पुरातात्त्विक संरचनाको उचित व्यवस्थापन गर्नुपर्ने बताएका छन्।

शुक्रबार संसद्को शून्य समयमा बोल्दै सांसद वाग्लेले यस्तो बताएका हुन्। पृथ्वी राजमार्ग विस्तार आवश्यक भए पनि उचित तरिकाले काम नहुँदा नागरिकको दैनिकीमा असुविधा ल्याएको उनको भनाइ छ।

‘पृथ्वी राजमार्गको विस्तार भइरहेको छ। यो आवश्यक छ तर यसले स्थानीयबासीको दैनिकीमा असुविधा पनि ल्याएको छ। धुलाम्मे सडक र ‘राइट अफ वे’स्थापित गर्दा घाँसीकुवालगायतका ऐतिहासिक र पुरातात्त्विक संरचनाको उचित व्यवस्थापन गर्नुपर्ने देख्छु,’ उनले भने।

वाग्लेले आफूलाई भारी मत दिएर निर्वाचित गराउने तनहुँ क्षेत्र नम्बर १ का मतदातालाई आभार व्यक्त गरे।‘उहाँहरूको स्नेह, आसा र भरोसालाई डगमगाउन दिने छैन,’ उनले भने।

प्रकाशित: १५ वैशाख २०८० १५:३५ | Friday, April 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast