सगरमाथा आरोहण गर्न अहिलेसम्मकै धेरैलाई अनुमति

हिमाल प्रेस १३ वैशाख २०८० १८:३१ | Wednesday, April 26, 2023
सगरमाथा आरोहण गर्न अहिलेसम्मकै धेरैलाई अनुमति सगरमाथा

काठमाडौँ- यस वर्षको वसन्त ऋतुमा ६५ देशका ४६३ आरोहीले सगरमाथा (८८४८.८६ मिटर) आरोहण अनुमति पाएका छन्। विश्वको सबैभन्दा अग्लो चुचुरो आरोहणका लागि ४२ आरोहण टोलीले स्वीकृति पाएको पर्यटन विभागले जनाएको छ।

सगरमाथा आरोहण गर्नेमा सबैभन्दा बढी चीन (९६), अमेरिका (८७), भारत (४०), क्यानडा (२१), रुस (२०) र बेलायत (१८) छन्। धेरैजसो आरोही वातावरण अनुकूल बनाउन सगरमाथा क्षेत्रमा पुगिसकेका छन्। सगरमाथा आरोहरणका लागि एकै सिजनमा यतिधेरैले अनुमति पाएको यो पहिलोपटक हो।

विभागले यी आरोहण टोलीबाट ६५ करोड ३६ लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ। अन्य ८ हजार उचाइमाथिका हिमालमध्ये यो सिजन ल्होत्से (८५१६ मिटर) मा १३, मकालु (८४६३ मिटर) मा सात, अन्नपूर्ण प्रथम (८०९१ मिटर) मा ५, मनास्लु (८१६३ मिटर) ४ र कञ्चनजङ्घा मेन (८५८६ मिटर)३ र धौलागिरी (८१६७ मिटर)का लागि ३ वटा आरोहण टोलीले अनुमति पाएको छ।

यो सिजनमा ११४ आरोहण टोलीका १ हजार ४६ आरोहीले विभिन्न २४ वटा हिमालको आरोहरण गर्नेछन्।

प्रकाशित: १३ वैशाख २०८० १८:३१ | Wednesday, April 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast