सगरमाथामा राष्ट्रिय झण्डा फहराउने सरकारको निर्णय [मन्त्रिपरिषद्का निर्णयहरूसहित]

हिमाल प्रेस ३० चैत २०७९ १६:५६ | Thursday, April 13, 2023
सगरमाथामा राष्ट्रिय झण्डा फहराउने सरकारको निर्णय [मन्त्रिपरिषद्का निर्णयहरूसहित] फाइल तस्बिर

काठमाडौँ– सरकारले सगरमाथामा नेपालको राष्ट्रिय झण्डा फहराउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय आज सार्वजनिक गर्दै सन् २०२३ को वसन्त ऋतुमा जानकारी गराइएको हो।

मन्त्रिपरिषद्‌ बैठकले प्रहरी नायव निरीक्षक पुरुषोत्तम नेपालीलाई सगरमाथा आरोहणको अनुमतिसमेत दिएको छ। बैठकले भारतको नयाँ दिल्लीमा हुने कार्यक्रमका लागि कर्णाली प्रदेशका प्रमुख सचिव डा.गोपीकृष्ण खनाललाई स्वीकृती दिएको छ।

त्यस्तै सरकारले आगामी वैशाख १९ गतेदेखि २२ गतेसम्म कोरियामा आयोजना हुने एशियाली विकास बैंकको ५६औं बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय पनि गरेको छ।

सिन्धुपाल्चोकको जुगल हिमाल  आरोहणका लागि खुला गर्ने निर्णय पनि सरकारले गरेको छ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू 

प्रकाशित: ३० चैत २०७९ १६:५६ | Thursday, April 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast