संसद्‌मा उठेका विषयको जवाफ नदिएको भन्दै सांसद बडूको आपत्ति

हिमाल प्रेस २९ चैत २०७९ १४:०४ | Wednesday, April 12, 2023
संसद्‌मा उठेका विषयको जवाफ नदिएको भन्दै सांसद बडूको आपत्ति

काठमाडौँ- नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संसद्को विशेष र शून्य समयमा उठेका प्रश्नहरूको जवाफ सरकारले नदिएको भन्दै आपत्ति जनाएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नियमवालीमा समेत उठेका प्रश्नहरुको सात दिनभित्र जवाफ दिनुपर्ने बाध्यात्मक व्यवस्था भएको बताए। तर, त्यो व्यवस्थाको कार्यान्वयन नभएको उनले जिकिर गरे।

सांसद बडूले जवाफ नपाउने भए संसद् निरर्थक बन्दै गएको जिकिर गरे।

‘प्रतिनिधिसभा नियमावली १५ को २ मा शून्य र विशेष समयमा उठेको प्रश्नकहरुको सात दिनभित्र जवाफ दिनुपर्ने बाध्यतात्मक व्यवस्था छ। तर, जवाफ आएको छैन,’ उनले भने, ‘यसरी त संसद् निरर्थक बन्दै गएको छ।’

प्रकाशित: २९ चैत २०७९ १४:०४ | Wednesday, April 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast