‘संघीयता खारेज गर्नुपर्छ, सरकारको न्यूनतम कार्यक्रममा हाम्रो सहमति छैन’

हिमाल प्रेस २७ चैत २०७९ १४:१० | Monday, April 10, 2023
‘संघीयता खारेज गर्नुपर्छ, सरकारको न्यूनतम कार्यक्रममा हाम्रो सहमति छैन’ फाइल तस्बिर

काठमाडौँ– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको न्यूनतम साझा कार्यक्रममा आफ्नो हस्ताक्षर गरिएकोप्रति आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै केसीले संघीयता कार्यान्वयन गर्ने भनेर उल्लेख भएको न्यूनतम कार्यक्रममा जनमोर्चाले समर्थन जनाउन नसक्ने बताएका हुन्।

‘चैत २३ गते प्रधानमन्त्री र मेरो केही कुरा भएको थियो। न्यूनतम कार्यक्रमबारे कुरा भएको थियो,’ उनले भने, ‘संक्रमणकालीन न्याय, नागरिकता र संघीयताको विषयमा विमती राख्दै आएको छ। यहाँ त न्यूनतम कार्यक्रममा जनमोर्चाले सहमति जनायो भनेर आयो। खर्च धान्न नसक्ने संघीयता खारेज गर्नुपर्छ भनिरहेको पार्टीको अध्यक्षले संघीयता कार्यान्वयन गर्नुपर्छ भन्ने न्यूनतम कार्यक्रममा हस्ताक्षर गर्न सक्दैन। यसमा मेरो आपत्ति छ।’

प्रकाशित: २७ चैत २०७९ १४:१० | Monday, April 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast