शिवशक्तिका अग्रवाल ठूला करदाताको रूपमा सम्मानित

हिमाल प्रेस २८ चैत २०७९ १८:५३ | Tuesday, April 11, 2023
शिवशक्तिका अग्रवाल ठूला करदाताको रूपमा सम्मानित

काठमाडौँ- शिवशक्ति घिउ उद्योग कम्पनीका कार्यकारी निर्देशक सन्दिपकुमार अग्रवाल ठूला करदाताको रूपमा सम्मानित भएका छन्। निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभाका अवसरमा उनी ठूला करदातामध्ये एकको रूपमा सम्मानित भएका हुन्। उनको कम्पनीले निर्यात कारोबारमध्ये सबैभन्दा बढी आयकर तिरेकोले सम्मान गरिएको हो।

मंगलबार काठमाडौँमा आयोजित महासंघको ५७औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रममा उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मान गरे।

शिवशक्ति घिउ उद्योग प्रशोधित तेल उत्पादन र निर्यात गर्दै आएको छ। अग्रवाल बुधबार हुने महासंघको निर्वाचनमा कार्यकारिणी सदस्यका उम्मेदवार पनि हुन्।

प्रकाशित: २८ चैत २०७९ १८:५३ | Tuesday, April 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast