शिल्पीमा नाटक ‘ट्रान्जिट’ मञ्चन हुने

हिमाल प्रेस २७ चैत २०७९ ११:४८ | Monday, April 10, 2023
शिल्पीमा नाटक ‘ट्रान्जिट’ मञ्चन हुने

काठमाडौँ- बत्तिसपुतलीस्थित शिल्पी थियटरमा ‘ट्रान्जिट’ मञ्चन हुने भएको छ। घिमिरे युवराजद्वारा लिखित नाटक ‘विमोक्ष’ को अन्तिम मञ्चनपञ्चात अब ‘ट्रान्जिट’ मञ्चनको तयारीमा रहेको शिल्पी थिएटरले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको हो।

नाटकका लेखक कुमार नगरकोटी हुन्। नाटकलाई घिमिरे युवराजले निर्देशन गर्नेछन्। थियटरका टिमका अनुसार लेखक नगरकोटीले यसअघि शिल्पीमै दुई नाटक मञ्चन गरिसकेका छन्।

पहिलो नाटक ‘कोमा’ जुन गोठाले नाटकघरको उद्घाटनको समयमा मञ्चन भएको थियो। र, अर्को ‘बाथ टब’।

प्रकाशित: २७ चैत २०७९ ११:४८ | Monday, April 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast