शाहरुखको फिल्मसँग मिलेपछि ‘नम्बरी सुन’ले सार्वजनिक गर्‍यो दोस्रो पोस्टर

हिमाल प्रेस १४ वैशाख २०८० १४:०४ | Thursday, April 27, 2023
शाहरुखको फिल्मसँग मिलेपछि ‘नम्बरी सुन’ले सार्वजनिक गर्‍यो दोस्रो पोस्टर

काठमाडौँ- पहिलो पोस्टर बलिउड अभिनेता शाहरुख खानको फिल्मसँग मिलेपछि ‘नम्बरी सुन’ निर्माण टिमले अर्को पोस्टर सार्वजनिक गरेको छ। राजु गिरी निर्देशित फिल्म ‘नम्बरी सुन’को दोस्रो पोस्टर आज (बिहीबार) सार्वजनिक गरिएको हो।

यसअघि सार्वजनिक पोस्टरले बलिउड फिल्मको नक्कल गरेको आरोप लागेको थियो। उक्त पोस्टर फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएगें’सँग मिलेको थियो।

पोस्टरको आलोचना भएपछि निर्माण टिमले नयाँ पोस्टर सार्वजनिक गरेको हो। नारायण खातीको कथा तथा प्रस्तुति रहेको फिल्म आगामी  भदौ १ गते प्रदर्शन हुनेछ।

फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्कीलगायत कलाकारको अभिनय छ।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा बनेको फिल्मका निर्माता सरोज खाती, सविन खाती र मनोज रिजाल हुन्। शिवम अधिकारीको पटकथा तथा संवाद रहेको फिल्ममा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत रहेको छ।

दिव्य सुवेदीको छायांकन रहेको फिल्म गौतमराज खड्काले सम्पादन गरेका हुन्।

प्रकाशित: १४ वैशाख २०८० १४:०४ | Thursday, April 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast