नेकपा एमालेको केन्द्रीय कार्यालय।
काठमाडौँ- नेकपा एमालेले देशको शान्ति विषयमा धारणा सार्वजनिक गर्ने भएको छ।
आज शान्ति सुरक्षाका विषयमा पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गर्ने एमालेले जनाएको छ।
एमाले प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार पत्रकार सम्मेलन आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुनेछ ।
गृहजिल्ला झापा जाने क्रममा एमाले अध्यक्ष ओलीमाथि ढुंगा प्रहार भएको थियो। एमालेले सत्तारुढ दलका कार्यकर्ताले ढुंगा प्रहार भएको एमालेको आरोप छ। घटनामा सुरक्षाकर्मी समेत घाइते भएका थिए।
उक्त घटनाका दोषीमाथि कारबाही एमालेले माग गर्दै आएको छ।
प्रकाशित: १५ वैशाख २०८० १३:०७ | Friday, April 28, 2023
प्रतिक्रिया



