वैशाख १८ मा मौलाकाली केबलकारको उद्घाटन

हिमाल प्रेस १० वैशाख २०८० २०:५७ | Sunday, April 23, 2023
वैशाख १८ मा मौलाकाली केबलकारको उद्घाटन

काठमाडौँ- वैशाख १८ गते मौलाकाली केबलकारको औपचरिक उद्घाटन गरिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केबलकारको औपचारिक उद्घाटन गर्ने तय गरिएको छ।

नवलपुरको गैँडाकोट–१ निर्माण भएको केबलकार वैशाख १ गतेदेखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको छ। आईएमई ग्रूपको मुख्य लगानी रहेको मौलाकाली केबलकारको निर्माण गत वर्षदेखि सुरु गरिएको थियो।

गैँडाकोट–१ बाट मौलाकाली मन्दिरसम्म १.२ किलोमिटर लामो केबलकारमा १२ वटा गोन्डोला (डब्बा) छन्।

प्रकाशित: १० वैशाख २०८० २०:५७ | Sunday, April 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast