विस्का: जात्रामा लिंगो ठड्याइयो [फोटोफिचर]

दिपेश श्रेष्ठ ३० चैत २०७९ २०:१८ | Thursday, April 13, 2023
विस्का: जात्रामा लिंगो ठड्याइयो [फोटोफिचर]

काठमाडौँ– विस्का: जात्रामा भक्तपुरको भेलुखेलमा लिंगो ठड्याइएको छ। तान्त्रिक विधि पूरा गरी बिहीबार अपराह्न स्थानीयले लिंगो उठाउन सुरु गरी राति लिंगो उठाएका हुन्।

जात्रा एवम् पर्वको विधिवत रूपमा सुरु हुने, मठमन्दिरमा मेला लाग्ने र भोज सुरु हुने परम्परा रहेको छ। भैरव र भद्रकालीको पूजा गरी रथलाई तान्त्रिक विधिद्वारा तयार पारिएको इन्द्रध्वजासहितको ५५ हात लामो लिंगो उठाइन्छ। यो लिंगो वैशाख १ गते दिनभर जात्रा गरेर साँझ विधिपूर्वक ढाल्ने गरिन्छ।

हरेक नयाँ वर्षमा भक्तपुरमा भव्य रूपमा विस्का: जात्रा मनाइन्छ। स्थानीय बासिन्दाका लागि यो ठूलो चाड हो।

विस्का: जात्रा विशेषगरी भक्तपुर जिल्लाभरिमा नेवार समुदायले भव्यताका साथ मनाउँछन्। मठ मन्दिरमा बलि पूजा गर्ने, विदेशमा रहेकाहरू घर आई जात्रामा सहभागी हुने नातेदार, आफन्तलाई भोज खुवाएर नौ दिन आठ रातसम्म भव्य रूपमा मनाउने गरिन्छ।

प्रकाशित: ३० चैत २०७९ २०:१८ | Thursday, April 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast