विष्णुसँगको ‘अन्तर्विरोध’बारे शंकर भन्छन्- कोही भ्रममा पर्न जरुरी छैन

हिमाल प्रेस ७ वैशाख २०८० १९:३७ | Thursday, April 20, 2023
विष्णुसँगको ‘अन्तर्विरोध’बारे शंकर भन्छन्- कोही भ्रममा पर्न जरुरी छैन

लुम्बिनी– नेकपा एमाले महासचिव शंकर पोखरेलले पार्टी उपाध्यक्ष विष्णु पौडेलर आफूबीच कुनै असमझदारी नरहेको स्पष्ट पारेका छन्। पार्टी लुम्बिनी प्रदेश कमिटीको मिसन ग्रासरूट समीक्षा बैठकलाई बिहीबार बुटवलमा सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन्।

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ तोकेदेखि पोखेरल र पौडेलबीच सम्बन्ध चिसिएको एमालेवृतमै चर्चा चलिरहँदा पोखरेलले बुटवल पुगेर पौडेलसँगको सम्बन्धबारे बोलेका हुन्। गत मंसिरको निर्वाचनमा प्रदेश राजधानीका विषयमा पौडेल र पोखरेलविच आरोप प्रत्यारोप नै चलेको थियो।

बुटवलमा आयोजित मिसन ग्रासरुटमा महासचिव पोखरेलले उपाध्यक्ष पौडेलसँग सहमतीमै निर्णय हुने गरेको बताए। ‘उपाध्यक्ष विष्णु पौडेल र म शंकर पोखरेल केन्द्रका प्रमुख निर्णयहरूमा सधैं सल्लाह गरेर निर्णय गरेका छौं,’ उनले भने,‘कोही भ्रममा पर्न जरुरी छैन।’ उनले उपाध्यक्ष पौडेलसँ अन्तर्विरोध सृजना गर्न र त्यसैमा खेल्न अनेक शक्ति लागेकोसमेत बताए।

पोखरेलले अब आउँदो निर्वाचनमा एमालेको एकल बहुमतको सरकार बन्ने गरी अगाडि बढ्न उनले नेताकार्यकर्तालाई आग्रह गरे। उनले एमालेको योजना सामाजिक संघसंस्थामा नेतृत्वदायी भुमिका हुने गरी योजना बनाउनुसमेत आग्रह गरे।

उनले जनमत बृद्धिका लागि जनताको मुद्धा बोकेर हिड्नुपर्नेमा जोड दिए। उनले जनताका विषयलाई मुद्दा बनाउन नसक्दा भड्काउने तत्वहरूको पछि लाग्न थालेको बताए। दुई दिने समीक्षा बैठकमा उपमहासचिव प्रदीप ज्ञवाली, सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, डा. राजन भट्टराई तथा लुम्बिनी प्रदेशबाट केन्द्र, प्रदेश कमिटीका विभिन्न जिम्मेवारीमा रहेका नेताहरू तथा १२ जिल्लाका अध्यक्षहरू सहभागी छन्।

प्रकाशित: ७ वैशाख २०८० १९:३७ | Thursday, April 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast