विलासिताका वस्तु आयातमा कटौती गर्न माग

हिमाल प्रेस १३ वैशाख २०८० १६:०३ | Wednesday, April 26, 2023
विलासिताका वस्तु आयातमा कटौती गर्न माग फाइल तस्बिर

काठमाडौँ- राष्ट्रियसभा सदस्य प्रमिला कुमारीले विलासिताका वस्तु आयातमा कटौती गर्न माग गरेकी छन्। बुधबार राष्ट्रियसभा बैठकमा उनले आत्मनिर्भर अर्थव्यवस्थाका लागि विशेष योजना बनाउनुपर्ने बताएकी हुन्।

सार्वजनिक यातायातका सवारीसाधनलाई प्रोत्साहन गर्नुपर्ने माग गर्दै उनले व्यक्तिगत सवारीसाधन तथा पेट्रोलियम पदार्थ  आयातमा कटौती गर्नुपर्ने बताइन्। ‘हाम्रो व्यापार घाटा बढिरहेको अवस्था, नेपालको वैदेशिक मुद्राको सञ्चिति तिब्र गतिले घटिरहेको हुँदा ऋण लिनुपर्दा अत्यधिक ब्याज तिर्नुपर्ने अवस्था छ,’ उनले भनिन्, ‘आत्मनिर्भर अर्थव्यवस्थाका लागि सार्वजनिक यातायातका साधनलाई प्रोत्साहन गर्दै व्यक्तिगत सवारीसाधन, इन्धनलगायत विलासिताका वस्तु आयातको परिणाममा कटौती गर्नुपर्छ।’

विलासिताका वस्तु आयातमा कटौती गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति तथा योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन हुनुपर्ने उनको भनाइ थियो।

प्रकाशित: १३ वैशाख २०८० १६:०३ | Wednesday, April 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast