विज्ञापन गरेर पछुताउँदै प्रियंका

हिमाल प्रेस ५ वैशाख २०८० ११:५० | Tuesday, April 18, 2023
विज्ञापन गरेर पछुताउँदै प्रियंका

काठमाडौँ- भारतीय अभिनेत्री प्रियंका चोपडाले गोरो देखाउने क्रिमको विज्ञापन गरेर आफू पछुताइरहेको बताएकी छन्। अमेरिकी साप्ताहिक पोडकास्ट ‘आर्मचेयर एक्सपर्ट’मा उनले सो कुरा खुलाएकी हुन्।

पोडकास्टमा डक्स सेफर्डसँग कुराकानी गर्दा उनले बलिउडमा हुने रंगभेदबारे कुरा गरेकी छन्। ‘उतिखेर बलिउडमा धेरै रंगभेद थियो,’ पोडकास्टमा उनले भनेकी छन्, ‘गोरो वर्णकी अभिनेत्रीहरूको दबदबा थियो। मलाई गहँुगोरो अभिनेत्रीका रूपमा हेरिन्थ्यो।’

त्यतिबेला गहुँगोरो भएकाले नै आफूलाई अरू अभिनेत्रीभन्दा मानिने प्रियंकाले कुराकानीमा खुलासा गरेकी छन्। ‘गोरी देखाउन मलाई भएभरको मेकअप गरिन्थ्यो,’ उनले भनेकी छन्, ‘सबै गोरो रङप्रति आकर्षित हुन्थे। फिल्म क्षेत्रमा सफल हुन गोरो हुन अनिवार्यजस्तै थियो।’

सौन्दर्य प्रसाधनका विभिन्न ब्रान्डले त्यतिखेर गोरो हुने क्रिम बेचिरहेका थिए। ती ब्रान्डले प्रियंकालाई विज्ञापनको प्रस्ताव गरेपछि उनी सहजै तयार भइन्। ‘गहुँगोरो भएकाले कामका लागि भोगेको पीडा मलाई थाहा थियो,’ उनले भनिन्, ‘त्यसैले छालालाई गोरो बनाउने क्रिमको विज्ञापनको प्रस्ताव आउँदा स्वीकार गरेँ।’

आफ्नो त्यस निर्णयमा अहिले पछुतो लागेको प्रियंकाले बताएकी छन्। ‘त्यस्तो विज्ञापन गर्नु मेरो गलत निर्णय थियो, मैले गर्नु हुन्थेन,’ उनले भनिन्।

प्रकाशित: ५ वैशाख २०८० ११:५० | Tuesday, April 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast