वसन्त चौधरीले ल्याए वातावरणसम्बन्धी ईपेपर

हिमाल प्रेस १२ वैशाख २०८० १८:४१ | Tuesday, April 25, 2023
वसन्त चौधरीले ल्याए वातावरणसम्बन्धी ईपेपर

काठमाडौँ- उद्यमी वसन्त चौधरीले सर्भ्डप्लानेट डटकम नामक वातावरणकेन्द्रित ईपेपर सञ्चालन गरेका छन्। ईपेपरले वातावरण, पृथ्वी, जलवायु परिवर्तन, पानीको अभाव, खाद्य असुरक्षा र वन्यजन्तुबारे लेख तथा विश्लेषणात्मक लेखाहरूलाई प्राथमिकता दिइने उनले बताएका छन्। लेख तथा विश्लेषणहरूमा विश्वव्यापी दृष्टिकोण पाइने उनको भनाइ छ।

नेपालमा विभिन्न व्यावसायिक प्रतिष्ठानहरूको ग्रूप बीएलसी होल्डिङ लिमिटेडको प्रमुख समेत रहेका चौधरीले भने, ‘मैले सधैं आफ्नो लेखनबाट प्रेम, भ्रातृत्व र सद्भावको सन्देश फैलाउने प्रयास गरेको छु, ‘ईपेपरको उद्देश्य मानव जाति र माता पृथ्वी बीचको सुमधुर सम्बन्धलाई प्रवर्द्धन गर्ने हो। संसारभर मानवनिर्मित संकटका कारण यो ग्रह दयनीय अवस्थामा छ।’

उक्त ईपेपरका प्रकाशकको हैसियतमा चौधरीले ईपेपर पृथ्वीको बिग्रँदै गएको अवस्थाबारे जनचेतना जगाउन प्रतिबद्ध रहेको बताए। ‘हाम्रा विचारहरू सरल र सरल भाषामा प्रस्तुत गरिनेछ जुन सबै उमेर र समूहहरूले सजिलै बुझ्नसक्ने हुनेछ,’ उनले भने, ‘पृथ्वीको अस्तित्व र राम्रो स्वास्थ्यका लागि काम गर्नु सबैको दायित्व हो। पृथ्वी बाँचे भने मात्र हामी बाँच्नेछौं।’

पृथ्वी दिवसका सार्वजनिक गरिएको, विस्तृत रूपमा चित्रित ईपेपमा प्रत्येक १५ दिनमा सामग्री अपडेट गर्नेछ। भविष्यमा थप सुविधा र सामग्रीसहित डिजिटल प्लेटफर्मलाई चाँडो अपडेट गर्ने योजना रहेको पनि उनले उल्लेख गरेका छन्।

प्रकाशित: १२ वैशाख २०८० १८:४१ | Tuesday, April 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast