वर्तमान राज्य व्यवस्था असफल भइसक्यो : विप्लव

हिमाल प्रेस ९ वैशाख २०८० १९:५४ | Saturday, April 22, 2023
वर्तमान राज्य व्यवस्था असफल भइसक्यो : विप्लव फाइल तस्बिर।

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान राज्य व्यवस्था असफल भइसकेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

सत्तारूढ दलहरूले जनतालाई निराश र लज्जित बनाउने काम गरेकाले वर्तमान संसदीय व्यवस्था असफल भइसकेको उनको भनाइ छ। देशलाई स्वाधीन बनाउन र नागरिकलाई मालिक बनाउनका लागि वैज्ञानिक समाजवादको विकल्प नभएकाले त्यसका लागि बहसमा जुट्न उनले कम्युनिष्ट पार्टीहरूलाई आग्रह गरे।

जनताको शासनसत्ता ल्याउनका लागि आफ्नो पार्टीले अन्य कम्युनिष्ट पार्टीहरूसँग खुला बहस गर्न चाहेको महासचिव विप्लवले स्पष्ट पारे। रुसमा लेलिन नेतृत्वमा गरिएको रुसी क्रान्तिको स्मरण गराउँदै नेपालमा पनि निराश जनतालाई माथि उठाउन जनवादी सत्ता ल्याउनुको विकल्प नभएको दोहोर्‍याए।

‘आजको संसदीय व्यवस्था असफल भयो। यो व्यवस्थाले नेपाली जनतालाई यति धेरै निराश, यति धेरै लज्जित बनाइराखेको छ। जनतालाई अगाडि बढाउनका लागि नयाँ आधारमा बहस खोजौं। छलफल गरौं। हाम्रो यो दृष्टिकोण हो। जनतालाई स्वाधीन बनाउनु छ भने जनताको सत्ताको विकल्प छैन,’ उनले भने।

प्रकाशित: ९ वैशाख २०८० १९:५४ | Saturday, April 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast