वनमा डढेलो लगाउने एक पक्राउ

हिमाल प्रेस १५ वैशाख २०८० ७:१९ | Friday, April 28, 2023
वनमा डढेलो लगाउने एक पक्राउ प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- गुल्मीमा वनमा आगो लगाउने एक जनालाई डिभिजन वन कार्यालय गुल्मीले पक्राउ गरेको छ।

इस्मा गाउँपालिका–५ इस्मा जडीबुटी उद्यानमा आगो लगाउने इस्माकै कृष्णबहादुर बस्नेतलाई पक्राउ गरिएको डिभिजनल वन अधिकृत जीवन पंगेनीले बताएका छन्।

बस्नेतले गएको १० गते जडीबुटी उद्यानमा आगो लगाएको भन्ने प्रमाणका आधारमा डिभिजन वन कार्यालय गुल्मीका वन कर्मचारीले बस्नेतलाई पक्राउ गरी वन अपराध मुद्दामा जिल्ला अदालत गुल्मीमा पेस गरिएको छ।

आगलागीमा संलग्न बस्नेतलाई अनुसन्धानका लागि गुल्मी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ।

 

प्रकाशित: १५ वैशाख २०८० ७:१९ | Friday, April 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast