लुम्बिनीमा नागरिक समाज र सञ्‍चार कार्यक्रम सुरु

हिमाल प्रेस ३० चैत २०७९ १६:४७ | Thursday, April 13, 2023
लुम्बिनीमा नागरिक समाज र सञ्‍चार कार्यक्रम सुरु

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले महिला तथा सीमान्तकृत समुदायलाई सशक्तीकरण गर्नका लागि सरकारले काम गर्ने बताएका छन्।

युएसएड नागरिक समाज र सञ्चार कार्यक्रमको बिहीबार बुटवलमा शुभारम्भ गर्दै मुख्यमन्त्री गिरीले यस्तो बताएका हुन्। राज्यको मूलधारमा ल्याउनका लागि सरकारले काम गरिरहेको बताउँदै सरकार सहकार्यका लागि तयार रहेको उनले जनाए।

सञ्चारमाध्यम र संसदमा आवाजविहीनहरूको आवाज मुखरित गर्न र सरकारी नीति तथा कार्यक्रमले समुदायको जीवनस्तर उकास्ने गरी काम गर्ने उनले बताए। पारदर्शिता र जवाफदेहितालाई ख्याल गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा युएसएड नेपालकी प्रमुख सेपिदे केभिएन्सादले सरकार, नागरिक समाज, मिडियाले सीमान्तकृत समुदाय, युवा र महिलाको मुद्दालाई प्राथमिकतामा राखेर काम गर्दा समाजको विकास हुने बताइन्। एसिया फाउन्डेशनका नेपाल प्रतिनिधि मेगन नाल्बोले समुदायमाझ सक्रिय आत्मनिर्भर एवम् उत्थानशील स्थानीय संघसंस्थासँग स्थानीय सरकारसँग सहकार्य गर्दै स्थानीय समस्या समाधान गर्ने विश्वास व्यक्त गरिन्।

साढे १८ मिलियन अमेरिकी डलर सहयोगमा ५ वर्षसम्म चल्ने लुम्बिनी प्रदेशका कार्यक्रम व्यवस्थापक लक्ष्मी कुमारी नेपाली श्रेष्ठले बताइन्।

प्रकाशित: ३० चैत २०७९ १६:४७ | Thursday, April 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast