लगानी बोर्डको बैठकद्वारा १ खर्ब ६७ अर्ब लगानी स्वीकृत

हिमाल प्रेस ३० चैत २०७९ १८:१० | Thursday, April 13, 2023
लगानी बोर्डको बैठकद्वारा १ खर्ब ६७ अर्ब लगानी स्वीकृत

काठमाडौँ– लगानी बोर्डको ५३औँ बैठकले ५ वटा जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको छ। बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले १ खर्ब ६७ अर्ब ५९ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो।

यसमा १ खर्ब ४६ अर्ब २२ करोड वैदेशिक र २१ अर्ब ३७ करोड स्वदेशी लगानी रहेको छ।
बैठकले तल्लो अरुण जलविद्युत् परियोजनाका लागि ९२ अर्ब ७८ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गर्नुका साथै परियोजना विकास सम्झौताको दस्तावेज तयार पार्न वार्ता समिति गठन गरेको छ।

त्यसैगरी, १०२ मेगावाटको माथिल्लो मर्स्याङ्दी-१ जलविद्युत् परियोजनाको ३३ अर्ब १९ करोड, ७० मेगावाटको दूधकोसी-२ (जलेश्वर) जलविद्युत् परियोजनाको २० अर्ब ३५ करोड, ७०.३ मेगावाटको सिम्बुवा खोला जलविद्युत् परियोजनाको १३ अर्ब ४४ करोड र ४३ मेगावाटको अप्पर मादी-० खोला जलविद्युत् परियोजनाको लागि ७ अर्ब ९३ करोड लगानी स्वीकृत गरेको छ।

प्रकाशित: ३० चैत २०७९ १८:१० | Thursday, April 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast