 
                             
                                            लुम्बिनी– रुपन्देहीको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको निवासमा प्रेसर कुकर बम फेला परेको छ। सियारी ४ दयानगर छपिया स्थित घरको पछाडि तर्फको पर्खालबाहिर वोरामा राखेको प्रेसर कुकर फेला बम परेको हो।
बिहान पौने १० बजेतीर घरबाहिर निस्कने बेलामा तारबार जेलिएर राखिएको अबस्थामा प्रेसर कुकुर बम देखेपछि अध्यक्ष घिमिरेले प्रहरीलाई खबर गरेका थिए। नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोजल गरेको छ।
डिस्पोजल गर्दा भित्ता, नजिकै रहेको टिनको टहरामा सामान्य क्षती पुगेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवत्ता श्यामु अर्यालले बताए। घटनास्थलमा मधेश पिपुल्स पार्टी लेखिएको कागज समेत भेटिएको छ। कागजमा जिल्ला इन्चार्ज सूर्याको नेतृत्वमा सैन्य इन्चार्ज रावणको कमान्डमा बम राखिएको कागज भेटिएको प्रहरीले जनाएको छ। प्रहरीले कागज फेला परेपनि बम कसले र किन राखेको विषयमा अनुसन्धान सुरु गरिएको प्रवत्ता अर्यालले बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             ![गोकुल बाँस्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु यसरी गरियो डिस्पोज [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2022/12/bomb-dispose-12-copy.jpg) 
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 